वातावरण दिवसमा लिटिल फ्लावर स्कूलको सन्देशमुलक ¥याली

चितवन २३ जेठ । सप्ताहव्यापी विश्व वातावरणको दिवसको अवसरमा लिटिल फ्लावर स्कुल नारायणगढले विश्वमा हरियाली भन्दै ¥याली आयोजना गरेको छ ।
विद्यार्थीमा अध्ययन गर्ने विद्यार्थीसहित शिक्षकहरुले सुन्दर र हरियाली पृथ्वी भन्दै ¥याली निकालेको हो । वातावरणलाई स्वच्छ बनाए मानव अस्तित्व कायम रहन्छ, यो पृथ्वी सवै प्राणीको लागि हो, हरियाली वढाऔं प्राणीको रक्षा गरौ भन्दै नारा लगाइएको थियो ।
वातावारण रक्षाका लागि सन्देशमुलक चित्र, प्लेकार्ड प्रदर्शन गरिएको विद्यालयका प्राचार्य  रविले जानकारी दिनुभयो । विद्यालय परिसर सहित विभिन्न चोकको परिक्रमा गरी पुन विद्यालयमा पुगेर ¥याली समापन भएको थियो ।

शेयर गरौ

ताजा अपडेट