नेपाल प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा

 

काठमाण्डौं २३ जेठ । सरकारले नेपाल प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बढुवा समितिको सिफारिसमा परेका ५ डीआईजीलाई बढुवा गर्ने निर्णय गरेको हो।

डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंह एआईजीमा बढुवा भएका हुन्। ५ डीआईजी एआईजीमा बढुवा भएसँगै रिक्त डीआईजीको संख्या १७ पुगेको छ। नेपाल प्रहरीमा हाल ३ जना मात्रै डीआईजी कार्यरत छन्।

जेठ ९ गते बसेको बढुवा समितिको बैठकले ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

शेयर गरौ

ताजा अपडेट