काठमाण्डाै २३ जेठ । आईसीसी १९ वर्षमुनिकाे महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपालले भुटानलाई चार विकेटले हराएकाे छ ।
भुटानले दिएकाे ६७ रनकाे लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटायाे । नेपालकाे जितमा सानु राजवंशीले नटआउट ३० रन बनाइन् । यस्तै साना प्रभीनले १२ रन जाेडिन् । बलिङतर्फ भुटानकी साङ्गे ए वाङ्माेले तीन विकेट लिइन् ।
यसअघि टस जितेर पहिलाे ब्याटिङ गरेकाे भुटानले २० ओभरमा नाै विकेट गुमाएर ६६ रन बनायाे । भुटानका लागि साङ्गे ए वाङ्माेले ११ रन बनाइन् । बलिङतर्फ नेपालकी अनु कडायत, मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले दुई/दुई विकेट लिइन् ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएकाे थियाे । दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको थियो । अब नेपालले आफ्नो चौथो खेलमा भाेलि मङ्गलवार थाइल्यान्डसँग खेल्नेछ ।
६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आउँदाे वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुन लागेकाे यू–१९ महिला टी–२० विश्व कप खेल्न पाउनेछ ।
प्रतियोगितामा समान तीन/तीन खेल जित्दै यूएई शीर्ष र थाइल्यान्ड दोस्रो स्थानमा छ । नेपाल भने तेस्रो स्थानमा छ ।