नेताको आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउने चलन सुरु भयो : राम कार्की

 

काठमाण्डौ २३ जेठ । नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले नेताहरूले आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउने चलन सुरु भएको टिप्पणी गर्नुभएको छ । आज सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सम्बन्धित विषयको ज्ञान भएको मान्छेलाई मन्त्री बनाउने परिपाटी नभएको र मन्त्री बन्न खास योग्यताको जरुरी नपरेकोप्रति सांसद कार्कीले असन्तुष्टि जनाउनुभयो । नेताहरूले राम्रो काम गर्ने मान्छेलाई मन्त्री नबनाएर आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउनु अप्रजातान्त्रिक र दुःखद कुरा भएको उहाँको भनाइ छ ।

सांसद कार्कीले भन्नुभयो, ‘सबैलाई पालो दिँदै राम्रो हुन्छ । त्यो त अब संसदीय दलको नेतालाई थाहा होला । मन्त्री बनाउँदा नेताहरूले प्यारो मान्छेलाई बनाउने चलन सुरु भएको छ । यो मन्त्रालय मैले चलाउन सक्दिनँ कोही भन्दैन । कुनै एउटा विषयप्रतिको ज्ञाता मान्छे खोज्ने, अथवा आफ्नै पार्टीभित्र पनि त्यस्ता मान्छेहरूको छनोट गर्ने परिपाटी रहेन । मन्त्री हुनका निम्ति खास योग्यताको जरुरी नपरेपछि सांसदले मन्त्री बन्न पाइहाल्छ । यहाँ त सांसदभन्दा बाहिरबाट पनि मन्त्री बनाइराख्नुभएको छ नेताहरूले । क्षमतावान् भन्दा पनि नेताहरूको प्रियलाई मन्त्री बनाउने चलन अप्रजातान्त्रिक कुरा हो ।’

शेयर गरौ

ताजा अपडेट