काठमाडौं २२ जेठ । काठमाडौंको टेकुमा रहेको कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।
इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर-३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
किशोरीको दुबै खुट्टा, हात र अनुहारको केही भाग जलेको छ भने दिपकको बाँया गालामा पोलेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।