वडाका जनप्रतिनिधिलाई दोभान पुस्तकालयको बधाइ तथा सम्मान

चितवन २२ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधिलाई दोभान पुस्तक पुस्तकालयले बधाइ तथा सम्मान गरेको छ ।

दोभान पुस्तक पुस्तकालयका अध्यक्ष बिनोदकान्त ढकालको अध्यक्षता भएको कार्यक्रममा निर्वाचित वडा अध्यक्ष परमेश्वर खनालले जनताको चाहना अनुसार नै विकासको काम गर्ने बताउनु भयो । यहाको शिक्षा स्वास्थ्य, ढल निकासमा आफ्नो प्राथमिकता रहेको बताउनु भयो । उहाले वडाबासीका दीर्घ रोगिहरुको लागि एम्बुलेन्स सेवा, सामाजिक सुरक्षाको सेवाको विषयमा आफुले काम गर्ने बताउनु भयो ।
कार्यक्रममा विजयी वडा सदस्यहर रेशम थापा ( ऋषि ) ,सुर्यवदना हमाल, पार्वती परियार , अनिष लामालाई बधाई दिएको थियो । कार्यक्रम निर्मला पण्डितले सन्चालन गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट