चितवन २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा आज अङ्कुरम् एकेडेमी भरतपुरमा अध्ययरत विद्यार्थीहरुले वृक्षारोपण गरेका छन् ।
विद्यालयले आज दिवसको अवसर पारेर त्यहा अध्ययन गर्ने विद्यार्थीले बृक्षारोपण गरेका हुन् । विद्यालय परिसर देखि वडा नम्बर ७ को वडाकार्यालय सम्म करिब पाँच सय धुपीकपुर, अमलालगायतका विभिन्न जातका विरुवा रोपिएको हो । विद्यालय वरिपरिको वातावरण स्वच्छ र हरावरा बनाउन यस कार्य महत्वपूर्ण रहेको वडा अध्यक्ष राजेन्द्र मणी काफ्लेले बताउनुभयो ।
एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेलले भावी सन्ततीलाई प्रकृति प्रेम सिकाउन र वातावरणको संरक्षण का लागि विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिन विद्यालयले बृक्षारोपण गरिएको बताउनुभयो । “मुख्य कुरा भावी सन्ततीलाई प्रकृति प्रेम सिकाउनु नै हो पौडेलले भन्नुभयो, आगामी पुस्तालाई प्रकृति र वातावरणको मायासिकाऔं । काठ हैन रुखलाई माया गर्न सिकाउ । रुख रोप्ने अनिपानीको स्रोतलाई माया गर्न सिकाउ ।”
कार्यक्रममा विद्यालय वरपरका ५ वटा टोलसुधार समितीको पनि सहकार्य रहेको थियो । बृक्षारोपणका लागि आवश्यक विरुवा राष्ट्रपति चुरे तराई मधेश विकास समिति भरतपुरले उपलब्ध गराएको हो ।
