काङ्रेसबाट विजयी भएका जनप्रतिनिधिलाई प्रशिक्षण

चितवन २१ जेठ । नेपाली काङ्ग्रेस चितवनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उमेदवार भई जनप्रतिनीधिको रुपमा विजयी भएका पालिका प्रमुख, उप-प्रमुख र वडा अध्यक्षहरुलाई शनिबार भरतपुरमा प्रशिक्षण दिएको छ । जिल्ला भित्रका पालिका प्रमुख, पालिका उप-प्रमुख र वडा अध्यक्षहरुले सम्पादन गर्नु पर्ने काम, कर्तव्य, अधिकार तथा विकास योजना तर्जुमा र बजेट व्यबस्थाको बारेमा प्रशिक्षण दिइएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनु भयो । राष्ट्रिय स्तरका प्रशिक्षकहरु ल्याएर जिल्लाले प्रशिक्षण दिएको हो खनालले भन्नू भयो, यो नेपाली काङ्ग्रेस चितवनले गरेका कार्यक्रम हरु मध्येमा सबै भन्दा उत्कृष्ट हो । पालिका प्रमुख, पालिका उप-प्रमुख, वडा अध्यक्षहरु र कार्यपालिका सदस्य हरु गरि ५५ जनालाइ प्रशिक्षण दिइएको कार्यक्रमा जनताको बिचमा असल शुशासन कसरी दिन सकिन्छ भनेर सहजीकरण गरिएको थियोे । पार्टीका जिल्ला सभापति राजेश्वर खनालले उद्घाटन गर्नु भएको कार्यक्रमको सयोजन भने उपसभापति सालिग्राम शर्मा पौडेलले गर्नु भएको थियोे । यसैबीच

नेपाली कांग्रेस चितवनले जिल्ला समन्वय समिति संयोजकमा पूर्ण बहादुर रानाभाटको नाम सिफारिस गरेको छ । कांग्रेस चितवनले आज रानाभाटको नाम बागमती प्रदेश समितिमा पठाएको हो । प्रदेश समितिले केही दिनमा रानाभाटको नाम प्रमाणित गरेर जिल्लालाई पठाउने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनु भयो ।
रानाभाट गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सर्वाधिक मतका साथ भरतपुर ८ को वडा सदस्यमा निर्वाचित भएका थिए । गौरीगञ्ज निवासी उनले दुई हजार १२८ मत प्राप्त गरेका थिए ।
कांग्रेस चितवनका पुराना नेता रानाभाट २०४९ सालको स्थानीय तह निर्वाचनमा साबिक भरतपुर नगरपालिका ८ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै नेपाली काङ्ग्रेस चितवनले पार्टीको तर्फबाट कार्यपालिका सदस्यहरुको पनि टुंगो लगाएको छ । जस अनुसार अल्पसंख्यक खुल्लाबाट गोपाल दराइ रहेका छन । निर्वाचित महिला सदस्य मध्येबाट ४ जनाको नाम सिफारिस गरिएको छ । जस अनुसार भरतपुर २८ कि नर्मदा सापकोटा, भरतपुर १५ कि सिर्जना अधिकारी, भरतपुर ६ बाट शारदा पोख्रेल र भरतपुर ३ बाट सुकमाया परिवार रहेका छन । कार्यपालिकाको निर्वाचन यहि जेष्ठ २४ गते हुँदै छ ।

शेयर गरौ

ताजा अपडेट