ओली प्रवृत्तिको विरुद्धमा लाग्न निर्देशन : कांग्रेसका प्रवक्ता महत

 

चितवन २० जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले ओली प्रवृत्तिको विरुद्धमा लाग्न नेता कार्यकर्ताहरुलाइ निर्देशन दिएका छन् ।

कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज (शुक्रबार) भरतपुर २१ पार्वतीपुरमा आयोजना गरेको जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै प्रवक्ता महतले ओली प्रवृत्तिको अन्त्य नभएसम्म अराजकता बढीरहने भएकोले त्यसका विरुद्ध लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

उनले अहिलेको पाचदलिय गठबन्धन आगामी आम निर्वाचनसम्म रहने पनि बताए । प्रवक्ता महतले भावनाले मात्रै परिणाम नआउने भन्दै गठबन्धनको रणनीतिक निर्णयले परिणाम आउनेतर्फ सचेत गराए ।

उनले पार्टीको अन्तर्घातको रोग अझै निको नभएको भन्दै यसलाईन निको पार्न जटिल खालको सिटामोलको आवश्यकता रहेको पनि प्रष्ट पारे । अगामी मंसिरमा प्रदेश र संघको निर्वाचन हुनेमा कुनै शंका नगर्न पनि आग्रह गरे । केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रेस एक हुन जरुरी रहेको बताए । उनले कांग्रेसले हार्यो भने देशले पनि हार्ने बताए ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी निरन्तर यात्रा भएको बताए । सभापति उनले आगामी ५ बर्षमा कांग्रेस एकल चुनावमा जान सक्ने खालको वातावरण बनाउन पनि कार्यकर्ताहरुसग गरे । भरतपुर माहानगरपालिकाका उप(प्रमुख चित्रसेन अधिकारीले आगामी २०८४ सालमा हुने निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने अवस्थामा पुर्‍याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा भरतपुर माहानगर उप(प्रमुख, माडी नगर उप(प्रमुख लगायत कांग्रेस क्षेत्र नम्बर ३ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियोे ।

 

शेयर गरौ

ताजा अपडेट