आगलागी पीडितलाई उद्योग वाणिज्य संघ चितवनद्वारा राहत वितरण

चितवन १८ जेठ । नारायणगढमा आगलागी लागेर पीडित भएका व्यवसायीलाई उद्योग वाणिज्य संघ चितवनले राहत वितरण गरेको छ ।
गत वैशाखमा विजुली सट भएर आगलागी हुदा कमलनगर चोक नारायणगढका पसलका सामान जलेर नष्ट भएको थियो । ती पीडितलाई संघले राहत वितरण गरेको हो ।
संघका सदस्य न्यू लामिछाने फेन्सी र एक्सप्रेस मोवाईल शपलाई जनही पचास हजार राहत रकम प्रदान गरेको हो । राहत वितरण कार्यक्रममा वोल्दै संघक ाअध्यक्ष चुननारायण श्रेष्ठले आगजनीका कारण व्यवसायीको करोडौंको क्षति भएको भएतापनि संघले आफ्ना सदस्य प्रति संघको दायित्व सम्झिएर राहत प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस किसिमका विपत्ति पूर्व सूचना दिइ नआउने बताउंदै व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित र सुरक्षित तवरले संचालन गर्नुपर्ने बताउनु भयो । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सहललाल प्रधानले सदस्यता राहत कोषले सस्थाका सदस्यहरुलाई भैपरी आउने भौतिक क्षतीको पीडालाई राहत महशुस गराउने बताउनु भयो । कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले व्यवसायीले व्यवसाय मात्रै गरेर हुदैन सामाजिक उत्तरदाईत्वका कामपनि गर्नुपर्ने वताउनुभयो ।
कायक्रममा संघका पदाधिकारी, कार्यसमिति, नेउवामहासंघको कार्यकारीणी सदस्य, विभिन्न बस्तुगत संघका अध्यक्षलगाएतको उपस्थिति रहेको थियो । राहत रकम ग्रहण गर्दै संघका व्यवसायी एक्सप्रेस मोवाईल सपका प्रोपाईटर विष्णुमणी लामिछाने र न्यू लामिछाने फेन्सीका प्रोपाईटर सुर्यमणी लामिछानेले आफ्नो जतिसुकै क्षति भएतापनि संघले उपलब्ध गराएको राहतले आफुलाई संघको सदस्य भएकोमा गौरवको महशुस भएको बताउनु भयो ।
संघले २०७६ साल देखि आफ्ना सदस्य व्यवसायीलाई विपद् परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले व्यवसायी राहतकोषको स्थापना गरि राहत उपलब्ध गराउंदै आएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनु भयो । संघले विगत केहि वर्षदेखि सदस्य केन्द्रित कार्यक्रमहरु निः शुल्क कोरोना विमा, व्यवसायी राहतकोष लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको केसीले जानकारी दिनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट