चितवन १८ जेठ । युवालाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
लाङ्गघाली युवा क्लव र मिनाम गोराक लाङ्गघाली मगर गुठीद्वारा संयुक्त आयोजनामा पूर्वी चितवनको खैरहनीमा तालिम सम्पन्न भएको हो ।
दुइ सस्थाको संयुक्त आयोजनामा “हाम्रो र राम्रो समाज निर्माणमा, हाम्रो अभियान “को लागि खैरहनी नगरपालिकाको ज्यामिरेका युवाहरुलाई लक्षित गरी नेतृत्व र क्षमता विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासान कार्यालय चितवनका नासु सुरेश थापा मगर, सशस्त्र प्रहरी बलका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक मान बहादुर रजाली मगरले नेतृत्व विकासकालागि चाहिने गुणहरुको बारेमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणका क्रममा संस्था संचालनमा ध्यानदिनु पर्ने विषय, लोकसेवा आयोगको परीक्षा उतिर्ण गर्ने तरिकाको बारेमा जानकारी गराउनु भएको थियो ।
लाङ्गघाली युवा क्लवका अध्यक्ष ज्ञानेश्वर थापा मगरको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा क्लवका उपाध्यक्ष ज्योती थापा मगर स्वागत मन्तव्य राख्नु भएको थियो । उहाले आगामी दिनहरुमा युवा लक्षित विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो ।