ट्रक ठोक्किदा मुग्लिन सडक दुइघण्टा अबरुद्ध

 

चितवन, १४ जेठ  । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको ३ नम्बर पुलमा दुई ट्रक ठोक्किदा दुइ घण्टा बाटो अबरुद्ध भएको छ ।
बिहान ५:३० बजे दुर्घटना भएर अबरुद्ध सडक ७:३० मा अबरोध खुलेको हो । मुग्लिन सडक खण्डको ३ नम्बर पुलमा मुग्लिनबाट नारायणगढ तर्फ गई रहेको ना६ख ७८०४ नम्बरको डिब्बा ट्रक र बिपरित दिशाबाट आई रहेको लु२ख ५६५४ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा ना ६ ख ७८०४ नम्बरको डिब्बा ट्रकको चालक झापा बुद्धशान्ती ३ घर भएका ४० वर्षिय मनोज धिमाल घाइते भएका छन । उहाको खुट्टामा चोट लागेको चितवन प्रहरीले जानकारी दिएको छ । उहाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैराखेको छ ।  घाइतेको अबस्था सामान्य रहेको छ ।

शेयर गरौ

ताजा अपडेट