आशिष उप्रेती, चितवन, जेठ १३-
पूर्वी चितवनको राप्तीमा राप्ती पत्रकार मञ्च गठन गरिएको छ । आज शुक्रबार राप्तीको विरेन्द्रनगरमा भएको राप्तीका पत्रकारहरुको भेलाले राजन दिल गुरुङ्गको अध्यक्षतामा ८ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
सो भेलाले तदर्थ समितिको उपाध्यक्षमा पूर्ण बहादुर मगर, सचिवमा सुरोज बराकोटी, सह-सचिवमा आशिष उप्रेती र कोषाध्यक्षमा सुजा गौतमलाई सर्वसम्मत चयन गरेको छ । तदर्थ समितिको सदस्यहरुमा दिलिप डल्लाकोटी, मिलन प्रजा (चेपाङ्ग) र विवश पाठक रहेका छन् ।
चितवनमा थुप्रै पत्रकारहरु भए पनि राप्ती क्षेत्रका समाचारहरु मिडियामा कम आउने गरेकोले राप्तीका विषयवस्तुलाई समेट्न यो मञ्च गठन गरिएको अध्यक्ष राजन दिल गुरुङ्गले बताए ।