छोरीलाई विमा, निःशुल्क सात हजार लिटर खानेपानी दिने नव निर्वाचित मेयर दाहालको निर्णय

चितवन ११ जेठ । भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले पदभार ग्रहण गर्दै छोरीलाई विमा, भरतपुर भित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क दिने निर्णय गर्नु भएको छ ।

बुधबार विहान पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्वपूर्ण निर्णय गर्नु भएको हो। उहाँले अब भरतपुरमा जन्मिने छोरीलाई निस्शुल्क बीमा गरिने पहिलो निर्णय गर्नु भयो भने भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गरिने बताउनुभयो ।

छोरीलाई गरिने बीमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै ७ हजार लिसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गर्नुभयो ।

उहाँको अघिल्लो कार्यकाल देखि नै महिला र बिपन्न बर्गका व्यक्तिहरुका लागि आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै उहाँले आज महानगरको जिम्मेवारी लिदै गर्दा पहिलो निर्णय गर्नुभएको हो ।

शेयर गरौ

ताजा अपडेट