चितवन, ११ जेठ । भरतपुर महानगरपालिकाका–१० का वडा अध्यक्ष परमेश्वर खनालले आज पदभार ग्रहण गर्नु भएको छ ।
पदभार ग्रहणपछि उहाले पाँच वर्षे कार्यकालमा सबैलाई समान सेवा प्रदान गरि साझा वडा कार्यालय निर्माणमा प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । उहाले राजनीतिक पूर्वाग्रहका आधारमा कसैलाई काखा कसैलाई पाखा नगरिने बताृनुभयो ।
भरतपुर महानगरको नमुना वडा निर्माणको अभियानमा सबैको साथ सहयोगको अपेक्षा गर्दै सबैसंग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष खनालले आफूलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण वडाबासीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
यस्तै वडा सदस्यहरुमा निर्वाचित रेशमराज थापा (ऋषि), सूर्यबदना हमाल, पार्वती नेपाली र निरबहादुर लामाले समेत पदभार ग्रहण गर्नु भएको छ ।
उहाले पदभार ग्रहण गर्दै वडावासी अल्पसख्यकलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने र मृगौलाका विरामीलाई अस्पतालसम्म जान एम्वुृलेन्सको निःशुल्क सेवा दिने निर्णय गर्नु भएको छ ।