चितवन ४ जेठ । भरतपुर महानगरपालिका वडा नं. ३ का निर्वाचित अध्यक्ष विकास थापाले चुनाव अगाडि गरेका प्रतिवद्धता आउदा दिनमा पूरा गर्ने बताउनु भएको छ ।
निर्वाचन परिचालन कमिटीले वुधबार आयोजना गरेको वधाइ कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थापाले चुनाव अगाडि वडाको विकासमा आफूले गरेका हरेक विषयलाई ध्यान दिएर काम गर्ने बताउनुभयो । निर्वाचित गराउन सहयोग गर्ने सवै पक्ष र मतदान गरी विजयी गराउने वडावासीलाइ उहाले धन्यवाद दिनुभयो ।
कार्यक्रममा उहाले वडाको समस्यालाई समाधान गर्न सवैको सहयोगमा आफूले काम गर्ने जानकारी दिनुभयो । यो वडा एक्लैले विकास गर्न किदैन सवै पक्षको सहयोग र साथ आवश्यक पर्दछ उहाले भन्नुभयो सुन्दर वडा वनाउने काममा अजैका मितिबाट काम गर्दछु ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य खोमकान्त रेग्मीले एमालेको उमेदवारले मात्रै विकास गर्न सक्ने भनेर दिएको मतको सम्मान गरेर काम गर्न निर्वाचित अध्यक्षलाई सुझाव दिनुभयो । एमाले प्रति जनताको ज्यादै विश्वास र भरोसा छ त्यसलाई ध्यान दिएर काम गर्नुपर्दछ । एमाले प्रति जनताको आकर्षणलाई हामीले कदर गर्नु पर्दछ रेग्मीले भन्नुभयो ।
अर्का प्रदेश कमिटी सदस्य कृष्णप्रसाद वोलखेले निर्वाचित जनप्रतिनिधिलाई वडाको समस्या पहिचान गरेर मात्र काम गर्न सुझाव दिनुभयो । धेरै ठुला काम होइन जनताले साना कामहरु खोजेका छन् त्यही काम गरेर जनताको मन जित्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले वडा कमिटी अध्यक्ष रुद्र सुवेदीले वडाको हरेक घरमा पुगेर जनताको सुझाव सल्लाह लिने बताउनुभयो । निर्वाचित वडा सदस्य कमलादेवी वोलखेले जनताको सल्लाहमा मात्र काम गर्ने बताउनुभयो ।
कार्यक्रममा एमालेका नेताहरु दुर्गा पन्त, ज्ञानु न्यौपानेलगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम सुरेशकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । चुनाव सम्पन्न गर्नको लागि निर्माण भएका निर्वाचन परिचालनका संयोजक खोमकान्त रेग्मीले विभिन्न १० वटा कमिटीहरु विघटन गर्नुभएको थियो । उहाले निर्वाचन सम्पन्न गर्नको लागि योगदान गर्नु भएका सबैलाई धन्यवाद दिनुभयो ।