राप्ती ९ को वडा अध्यक्षमा एमालेबाट खड्क बहादुर तामाङ विजयी

 

चितवन, ४  जेठ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा एमालेबाट खड्क बहादुर तामाङ विजयी भएको छ । वडा अध्यक्षमा खड्क बहादुर तामाङले १०८२ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङले १०३६ मत ल्याएका छन् । एमालेबाट महिला वडा सदस्यमा मिना कुमारी अधिकारीले ११०८, दलित महिला सदस्यमा रन्जना सुनारले ११००, खुल्ला सदस्यमा कांग्रेसबाट रामकुमार सुवेदीले ११२७ र एमालेबाट लोशन तामाङले १०४१ मत ल्याएर विजयी भएका छन् । २०७४ मा नेपाली कांग्रेसले वडा नम्बर ९ मा जितेको थियो । अहिले २०७९ मा आएर वडाध्यक्ष सहित ३ जना सदस्य एमालेले जितेको छ । अहिले एक जना वडा सदस्य मात्र कांग्रेसले वडा नम्बर ९ मा पाउन सफल भएको छ ।

राप्तीमा अहिलेसम्म ६, ४, १२, ५, ८ र ९ गरी छ वटा वडाको मतगणना सम्पन्न भएको छ । जसमा ५ वटा वडा एमाले र १ वटा वडा काँग्रेस विजयी भएको छ । राप्तीमा छ वटा वडाको जम्मा १५,९०६ मत गणना गर्दा मेयरमा एमालेबाट गोविन्द प्रसाद कडेलले ६२५१ र गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले ६६९५ मत ल्याएका छन । त्यसैगरी उपमेयरमा एमालेबाट मेनुका पाठकले ६५५७ र गठबन्धनबाट कांग्रेसका देवेन्द्र लामाले ६६९२ मत ल्याएका छन । अहिले ७ नम्बर वडाको मतगणना भईरहदासम्म गठबन्धन अगाडी देखिएको छ ।

शेयर गरौ

ताजा अपडेट