काठमाडौं ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले स्थानीय निर्वाचनको मत गणनामा राज्य सत्ताको दुरुपयोग गरिरहेको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मत गणनामा एमालेका प्रतिनिहरुलाई सीडीओ र सुरक्षाकर्मीहरु गएर धम्क्याएको आरोप लगाए । ‘मत गणनामा समेत सीडीओ गएर धम्क्याउने हाम्रा मतगणना प्रतिनिधिहरुलाई सुरक्षाकर्मीहरु गएर धम्क्याउने काम भएको छ । राज्य सत्ताको दुरुपयोग भएको छ’, उनले भने ।