चितवन, २ जेठ । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गणक कर्मचारीमाथि हस्तक्षेप गरेको आरोप लगाउदै भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।
मतगणनामा मत सदर बदरका विषयमा विवाद हुँदा सिडियोले कर्मचारीलाई बढी बोल्ने होइन भन्दै धम्क्याएर अभद्र व्यवहार गरेको र कर्मचारीलाई काम गर्ने वातावरण नदिएर एमालेका नेताले जानकारी दिएका छ्न ।
आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर कर्मचारीको मनोबल गिराउने काम गरेको एमालेको भनाइ छ । मतगणना भएदेखि सिडियोको व्यवहार संतोषजनक जनक नभएको सहभागी एक नेताके बताए । अभद्र व्यवहार गर्ने सिडियोको सरुवा हुनुपर्ने एमालेले माग राखेको छ । सरुवा नभए तत्काल माफी मागेपछी मात्र गणना कार्य सुरु गर्ने बताएको छ ।
विवाद बारेमा छलफलबाट समाधान गर्ने प्रयास जारी छ । सहमती भए मात्र मतगणना हुन्छ । राती १० बजेदेखी रोकिएको गणना कार्य सुरु हुने निश्चित भएको छैन ।