रत्ननगरको मेयरमा काँग्रेसका उमेदवार एकहजार ६ सय ७८ मतले अगाडि

चितवन २ जेठ । रत्ननगर नगरपालिकामा गठवन्धनको तर्फबाट नेपाली काँग्रेसका उमेदवार प्रल्हाद सापकोटा फराकिलो अन्तरले अग्रता लिएका छन् ।
नेकपा एमालेको वचश्व रहेको नगरपालिकामा ७ हजार ४ सय ९५ गणना हुदा काँग्रेसका उमेदवार सापकोटाले ४ हजार १ सय ३ मत ल्याएका छन् । एमालेका उमेदवार विमला दुवाडीले २ हजार ४ सय २५ मत ल्याएकी छिन् । एमालेका उमेदवारले ल्याएको यो मत अनुमान भन्दा कम हो । काँग्रेसका उमेदवार लोप्रिय नभएको भन्दै एमालेले जित्ने दावी गर्दै आएकोमा गणनाबाट आएको मतले एमालेजनामा निरासा छाएको छ ।
एमालेका उमेदवारले पाएको मतलाई हेर्दा काग्रेसले १ हजार ६ सय ७८ मतले अग्रता लिएका हुन् । यस अगाडि २०७४ को निर्वाचनमा नगरपालिकामा एमालेका नारायण वन र उप मेयरमा विमला दुवाडी विजयी भएका थिए । मेयरमा राप्रपा हरिशरण भट्टराईले २५८ मत ल्याएका छन् ।
उपमेयरमा गठवन्धनबाट नेकपा समाजवादीका बद्रिनाथ घिमिरेले २ हजार ७ सय ६१, एमालेका यादव पाठकले २ हजार ५ सय ३ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार विरञ्जना सापकोटाले २३५ मत ल्याएका छन् । राप्रपाकी विमला चौधरीले २२३ मत ल्याएकी छिन् ।

शेयर गरौ

ताजा अपडेट