पत्रकार झुमे साँस्कृतीक झाँकी र नृत्यमा

चितवन समाचारडटकम, ९ फागुन, पोखरा ।

 

साधारणसभाका लागी पोखरामा भेला भएका देशभरका पत्रकार परम्परागत साँस्कृतीक झाँकीमा झुमेका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा उद्घाटनपछि आयोजना गरिएको बिभिन्न जातजातीका साँस्कृतीक झाँकी र नृत्यले समारोहलाई मन्त्रमुग्ध बनायो ।
कलाकारहरुले गुरुङ, मगर, थारु, अबधी लगायतका समुदायका परम्परागत पहिरनमा साँस्कृतिक प्रस्तुती देखाएका छन् । देउडा, रोईला, नेपाली लोकगीतले दर्शक दिर्घाको मन खिच्यो । स 

बै जातजातिको सस्कृती झल्कने सुमधुर साँझ आयोजना गरिएको थियो ।

सरकार ले पर्यटन वर्ष सन् २०२० लाई मनाउने घोषणा गरेको छ । यसलाइ सफल बनाउन गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष सन् २०१९ मनाइरहेको छ ।

 

शेयर गरौ

ताजा अपडेट