चितवन, २ जेठ । राप्ती नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली काँग्रेसबाट अर्जुन चेपाङ सहितको प्यानलनै विजयी भएको छ ।
वडा अध्यक्षमा चेपाङ्गले ५ सय ७१ मत ल्याएर विजयी हासिल गरेका हुन् । यस अगाडिको निर्वाचनमा पनि उहाँ अध्यक्षमा निर्वाचित हुनु भएको थियो । उनका निकतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार कैची चिन्हबाट हरि बहादुर तामाङ्गले ३ सय ८४ मत र एमालेको तर्फबाट धर्मजित तितुङ्गले १ सय ७३ मत सहित पराजित भएका हुन । त्यस्तै वडा सदस्यमा कांग्रेसबाट अशोक जिम्बाले ५४३ मत, जित बहादुर प्रजाले ५३१ मत , इन्दु माया तामाङ्गले ५७३ मत , दलित महिला सदस्य शान्तीमाया कामीले ५६८ मत ल्याएका हुन् ।