चितवन २ जेठ । भरतपुर महानगरपालिका वडा नं. ३ को अध्यक्ष पदमा नेकपा एमालेका उमेदवार विकास थापा विजयी हुनु भएको छ ।
मत गणनाको अन्तिम परिणाम अनुसार एमालेका उमेदवार थापाले १६६६ मत ल्याएर विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्दी पाँच गठवन्धनबाट नेपाली काँग्रेसका क्षेत्रीय सभापति समेत रहनु भएका भरत लामिछानेले १०४९ मल ल्याउनु भएको छ ।
एकजना नेकपा एमालेका सदस्य र बाँकी तीनजना गठवन्धनबाट सदस्य विजयी हुनु भएको छ । यस वडामा ३२४४ मत खसेको थियो । यस वडामा नेपाली काँग्रेसको पकड रहेको मानिएको छ । यस अगाडिको निर्वाचनमा नेपाली काँग्रेसका चन्द्रमित्र पण्डित विजयी हुनु भएको छ ।