काठमाडौं, १ जेठ । काठमाण्डौ महानगरपालिकामा साढे ६ बजेसम्म ९ हजार १ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ ।
एमालेका मेयरका उम्मेदवार केशव स्थापितले भन्दा बालेनले झन्डै दोब्बर मत ल्याएका हुन् । स्वतन्त्र उम्मेदवार साहले ३ हजार ५ सय २३ मत प्राप्त गरे । उनलाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने १८ सय ४६ मत प्राप्त गरे ।
यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ सय ३८ मत प्राप्त गरेका छिन् । राप्रपाका मदनदास श्रेष्ठले ३ सय ४७ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३ सय ३५ मत प्राप्त गगरेका छन् ।
उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै छ । उनले ३ हजार ५ सय ९१ मत प्राप्त गरिन। गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार २७ मत प्राप्त गरे ।