कालिका २ मा एमालेका उमेदवार लक्ष्मण पौडेलको प्यानलनै विजयी

चितवन १ जेठ । कालिका नगरपालिका वडा न २ को अध्यक्षमा नेकपा एमालेका उमेदवार लक्ष्मण पौडेलको प्यानलनै बिजयी भएका छन ।
उहाले ११९४ मत प्राप्त गर्नु भएको थियो भने उहाका प्रतिद्वन्द्वी जनार्दन दाहालले ९४९ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै खुल्ला सदस्यमा चित्रबहादुर भन्डारीले ११२७, बेलकुमारी गुरुङले १०७९, महिला सदस्य शान्ती महतोले ११५९ र चन्द्ररेखा बिकले ११६८ मत पाएका थिए ।
कालिका वडा न २ बाट मेयरमा एमालेका बिनोद रेग्मीले –११४६, गठबन्धन (नेका)का शिवराम केसीले १०५० र उप–मेयरमा एमालेका बिमला लामाले– १०८३ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले– १००२ मत प्राप्त गरेका छन् ।
वडा न १० को अध्यक्षमा नेपाली काग्रेस नरजङ्ग प्रजा बिजयी भएका छन । उहाले ४९२ मत पाएका थिए । उहाका निकटतम प्रतिद्वन्द्वी एमालेका धनविर प्रजाले ३०१ मत ल्याएका थिए । सो वडामा गठबन्धनका सबै वडा सदस्य बिजयी भएका छन ।

जसअनुसार महिला खुल्ला सदस्य सन्जु तामाङले ४५२, दलित महिला सदस्य ताराकुमारी बिकले ४६६, खुल्ला सदस्य रोमन श्रेष्ठले ५४८ र सुमित्रा तामाङ श्रेष्ठले ४३४ मत प्राप्त गरेका थिए ।
कालिका वडा न १० बाट मेयरमा एमालेका बिनोद रेग्मीले –२९६, गठबन्धन (नेका)का शिवराम केसीले ५१८ र उप–मेयरमा एमालेका बिमला लामाले– ३०० र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले– ४८१ मत प्राप्त गरेका छन् ।

त्यसैगरि ११ नं वडाको वडा अध्यक्ष सहित एमाले प्यानलै बिजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत सहित बिजायी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेका)का वकिल प्रजाले ४६३ मत ल्याएका थिए ।
बिजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका थिए । यस अगाडनै दलित महिला सदस्य चमेली सुनार भने निर्विरोध निर्वाचित भै सकेकी छन ।

मेयरमा एमालेका बिनोद रेग्मीले –५१४ , गठबन्धन (नेका)का शिवराम केसीले ४४१ र उप–मेयरमा एमालेका बिमला लामाले– ५१७ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले– ४०९ मत प्राप्त गरेका थिए ।

त्यस्तै कालिका–१ मा नेपाली काङ्ग्रेसका सन्तवीर स्याङ्तान ८९६ मतका साथ बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धि बोम्जनले ८४३ मत ल्याएका थिए । सो वडामा सदस्यहरु भने ४ जनानै एमालेका बिजयी भएका छन । बिजयी हुने सदस्यहरु महिला सदस्य सरस्वती खत्री ८२३, दलित महिला सदस्य लक्ष्मी परियार ८२४, खुल्ला सदस्य जीवन लामा ८४३ र ओमकार खड्काले ८०६ मत प्राप्त गरि बिजयी भए ।
मेयरमा एमालेका बिनोद रेग्मीले –८२६, गठबन्धन (नेका)का शिवराम केसीले ७४८ र उप–मेयरमा एमालेका बिमला लामाले– ७८९ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले– ७४५ मत प्राप्त गरेका छन् ।

 

शेयर गरौ

ताजा अपडेट