राप्ती ४ को अध्यक्षमा एमालेका केदार आचार्य सहित प्यानलनै विजयी

सुदेश खनाल । चितवन १ जेठ । चितवनको राप्ती नगरपालिका वडा नं. ४ को अध्यक्षमा एमालेका केदार आचार्य सहित प्यानलनै विजयी भएको छ । राप्ती ४ को वडा अध्यक्षमा केदार आचार्यले १३ सय ५० मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्धवन्दी गठबन्धनबाट नेपाली कांग्रेसका गोपीकृष्ण बर्तौलाले १२ सय १२ मत ल्याएका छन् ।

वडा सदस्यमा एमालेकी शान्ति माया खुलालले १३ सय १८, चेत बहादुर स्याङ्तानले ९ सय ५६, झनक बहादुर श्रेष्ठले ११ सय ७४ र दलित महिला सदस्य रमिता परियारले १२ सय २९ मत ल्याएर विजयी भए ।

वडा ६ र ४ मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले २४ सय १७, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले २७ सय ९२ मत प्राप्त गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट