भरतपुर महानगरमा रोकिएको मतगणना सुरु

 

चितवन, १ जेठ । मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ ।
मतगणना स्थगित हुने वित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उमेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर गर्ने सहमति भएको नेकपा माओवादीका प्रतिनिधि गोपाल न्यौपानले जानकारी दिनुभयो । मतगणनाको क्रममा एउटा मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको थियो । स्थगित भएको २५ मिनेटपछि मतगणना पुनः सुरु भएको छ ।
भरतपुर–२ को ८ स्थानमा मत गणना भइरहेको बेला विवाद भएपछि मतगणनास्थलमै सर्वदलीय बैठक बसेको हो । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो । स्थगित भएको २५ मिनेटपछि मतगणना पुनः सुरू भएको थियो ।
मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मतगणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राख्नु भएको थियो । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६१९ मत प्राप्त गर्नुभयो । भरतपुरको वडाहरुमा मतगणना भइरहदा मेयरमा विजय सुवेदी र रेनु दाहाल बिच कडा प्रतिष्पर्धा देखिएको छ ।

शेयर गरौ

ताजा अपडेट