पेट्रोलियम पदार्थको मुल्य फेरि वृद्धि, पेट्रोल १७०, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ

 

काठमाडौं ३१ वैशाख । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा। गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

शेयर गरौ

ताजा अपडेट