भरतपुर महानगरमा एमालेको अग्रता, चार पालिकामा एमाले अगाडि दुइमा काँग्रेस

 

चितवन, ३१ वैशाख । शुक्रबार मतदान भएपछि चितवनको सातै पालिकाको मतगणना सुरु भएको छ ।
भरतपुर महानगरसहित सातपालिकामा मतगणना कार्य जारी रहेको छ । भरतपुरमा मध्यान्ह १२ बजेबाट मतगणना सुरु भएको थियो । अन्य पालिकामा रातिदेखि गणना कार्य भएको थियो । पछिल्लो मतगणना अनुसार जिल्लाको भरतपुर महानगरपालिकामा नेकपा एमालेका उमेदवार विजय सुवेदीको अग्रता रहेको छ । सुरुवाती मतगणनादेखिनै अग्रता रहेको उहाँको पछिल्लो गणनामा पनि अग्रता कायम रहेको छ । मेयरमा अर्का उमेदवार गठवन्धनबाट नेकपा माओवादी केन्द्रका उमेदवार रेनु दाहालले पछ्याइरहनु भएको छ ।

जिल्लाको राप्ती नगरपालिकामा नेकपा एमालेका उमेदवार गोविन्द कडेलको अग्रता कायम रहेको छ । गठवन्धनको तर्फबाट एकीकृत समाजवादीका मेयर उमेदवार शम्शेर लामा पछाडि पर्नु भएको छ ।
त्यस्तै गरी खैरहनी नगरपालिकामा गठवन्धनबाट नेपाली काँग्रेस शशीकुमार खनियाँ अगाडि नेकपा एमालेका लालमणि चौधरी पछाडि, रत्ननगर नगरपालिकामा गठवन्धनबाट नेपाली काँग्रेसका उमेदवार प्रल्लाद सापकोटा अगाडि, नेकपा एमालेकी विमला दवाडी पछि हुनु भएको छ ।
कालिका नगरपालिकामा नेकपा एमालेका विदोन रेग्मी अगाडि, गठवन्धनबाट नेपाली काँग्रेसका उमेदवार शिवराम केसी पछााडि, माडी नगररपालिकामा नेकपा एमालेकी ताराकुमारी काजी अगाडि गठवन्धनबाट नेकपा माओवादीका ऋषिराम काफ्ले पछााडि पर्नु भएको छ ।

शेयर गरौ

ताजा अपडेट