चितवन, ३१ वैशाख । भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । शुक्रबार मध्याह्नदेखि महानगरको वडा नम्बर १ को रामनगर मावि र आदिकवि भानु माविको केन्द्रबाट मतगणना सुरु भएको हो ।
शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा तीन हजार २७७ मत खसेको छ । यहाँ पाँच हजार ७४ मतदाता सङ्ख्या रहेको थियो ।
भरतपुर महानगर प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)बाट विजय सुवेदी चुनावी मैदानमा हुनुहुन्छ ।


