चितवन २७ वैशाख । भरतपुर वडा नं. १० का नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार भक्ति गौतमले जनउत्तरदायी सुशासन आफ्नो पहिलो कर्म रहेको बताउनुभयो ।
मंगलबार भरतपुर १० को घरदैलोको क्रममा उहाले जनताको प्रिय वडा कार्यालय बनाउनको लागि जनउत्तरदायी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले भन्नुभयो कार्यालय आउने सेवाग्राहीले हासीहासी सेवा पाउने वातावरण निर्माण गर्ने छु । जनताको सेवकका रुपमा जनप्रतिनिधि हुने छन् शासकको व्यवहार हुने छैन ।
मुस्कान सहितको सेवा कार्यालयबाट पाउनु हुने छ । प्रविधिको अधिकतम प्रयोग गरेर कार्यालयबाट पाउने सेवाहरु विना झण्झट काम गर्न सक्नुहुने छ । वडावासीको घरमा दिन मिल्ने सेवा कार्यालयसम्म आउन नपर्ने गरी व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।
