हरी पन्त भन्छन् ,” समाजसेवा र वडाकाे बिकासमा बाँकि जीवन लगाउँछु”

चितवन , २७ बैशाख ।
भरतपुर महानगरपालिका वडा नम्वर-१२ मा सामाजिक सेवामा सक्रिय ब्यक्ति नै उमेदवार बनेपछि स्थानीय उत्साहित बनेका छन् । नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा सामाजिक सेवामा क्रियाशिल लेखराज पन्त हरी उमेदवार छन् ।
पन्तले धनगढा क्षेत्रका भुमिहिन १४ घर परिवारलाई जमिन सहित बसाेबासकाे प्रवन्ध गराएका थिए ।
६१ बर्षिय पन्तले आफ्नो जीवन नै समाजसेवामा लगाएका छन् । घरजग्गाकाे ब्यवसाय गर्दै आएका पन्त वडाका हरेक सामाजिक कार्यमा अगुवा बनेर सहभागी हुने गरेकाे पाईन्छ ।
वडाकाे सिमाना संगै जाेडिएकाे जागृति चाेककाे हिमालयन आधारभूत बिधालयकाे भवन निर्माणमा समेत उनले महत्त्वपूर्ण याेगदान गरेका छन् ।
समाजसेवा गर्न उनी रुची राख्छन् ।
चेपाङ समुदायकि एकजना छात्रालाई अनमि र स्टाफनर्स सम्म अध्ययनका लागि खर्च बेहाेरिदिएका थिए । चितवनकै बिकट पाहाडि बस्तीमा घर भएकी सर्मिला चेपाङलाई पन्तले सहयाेग पुर्याएका हुन् ।
देवघाट रहेकाे राेटरी करुणालय बृद्धाश्रममा पन्तले बार्षिक आवश्यक पर्ने हरेक प्रकारका खर्च प्रवन्ध गरिदिएका छन् ।
आफू वडा अध्यक्षमा निर्वाचित भए पश्चात कुनै पनि प्रकारकाे सेवा सुविधा नलिई जनसेवा र वडाकाे बिकासमा लाग्ने उनकाे संकल्प छ ।
“मलाई समाजसेवा र वडाकाे बिकास गरेर बाकि जीवन बिताउन मन छ “- पन्तले भने ।
५० लाख बरावरकाे छात्रवृत्ति काेष बनाउने र त्यसमा ५०% प्रतिशत रकम आफुले ब्यक्तिगत तवरले याेगदान पुर्याउने उनलेे याेजना समेत बनाएका छन् ।
वडाकाे ब्यवस्थित बिकासका साथै यहाँका बिपन्न समुदायकाे जीवनमा खुसी भर्ने कार्ययाेजना आफ्नो प्राथमिकतामा रहेको पन्तले बताए ।
पन्तकाे सामाजिक जीवन र वडा बिकासकाे प्रतिवद्दताले मतदातामा उनी प्रति आकर्षण छ । बलियाे पार्टीबाट बलियाे उमेदवार बनेकाे र सहज जीत हासिल गर्न सक्ने अवस्था रहेकाे स्थानीयकाे बुझाई छ ।

शेयर गरौ

ताजा अपडेट