पदमोदय पुरुष भलिबल प्रतियोगिता फाल्गुन १८ गतेदेखि हुने

चितवन, फागुन ९ ।

पर्यटकीय नगरी पटिहानीमा पदमोदय युवा क्लबको आयोजनामा यहीँ फाल्गुन १८ गतेदेखि “पदमोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७५” हुनेभएको छ ।

क्लबका अध्यक्ष रामहरि सेढाईको अध्यक्षतामा आज सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । हरेक बर्ष महाशिबरात्रीको अवसर पारेर आयोजना हुँदै आएको प्रतियोगिता फाल्गुन २० गतेसम्म सन्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र सान्त्वना हुने टिमले क्रमशः नगद रु. ५० हजार, रु. ३० हजार र रु.१०/१० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न बिधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत ब्यबस्था गरिएको छ । प्रतियोगिताको टिम दर्ता शुल्क रु. २,०००/- तोकिएको छ । प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसअन्तर्गत टिम ब्यबस्थापनमा सुर्य गुरुङ, खेल ब्यबस्थापनमा मनि प्रसाद गुरुङ, आर्थिक ब्यबस्थापनमा रामनाथ पन्त, युवा परिचालनमा पदम बहादुर पौडेल, प्रचारप्रसारमा सन्जिब पाण्डे, सचिबालयमा ब्यबस्थापनमा कुशल पौडेल र हरिभक्त भण्डारी, प्रबिधि ब्यबस्थापनमा नारायण भट्ट, प्राथमिक उपचारमा भुपाल शमशेर जवरा लगायतका चयन भएका भएका छन् ।

प्रतियोगिताका प्रबर्द्धकहरुमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी युवा तथा खेलकुद परिषद रहेका छन् ।बिगत लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट