युवा लक्षित वडामा नै स्वरोजगार कार्यक्रम ल्याउने छु : अध्यक्षका उमेदवार मल्ल

चितवन २७ वैशाख । भरतपुर वडा नं. ११ का नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार कमलवहादुर मल्लले युवाहरुलाई वडामा नै स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ ।
मंगलबार घरदैलोको अन्तिम दिन वडाको विभिन्न स्थानमा चुनावी प्रचारका क्रममा उहाले विदेशीने युवालाई आफ्नै वडामा आत्मनिर्भर हुन स्वरोजगारका कार्यक्रम लागु गर्ने बताउनुभयो । लाखौ खर्च गरेर वैदेशिक रोजगारीमा जाने युवा लक्षित कार्यक्रम ल्याएर यही कमाउने सक्ने अवस्था सिर्जना गर्ने बताउनुभयो । उहाले सिपयुक्त कार्यक्रम ल्याउन सकिने जानकारी दिनुभयो । वडामा नै त्यस्ता आय आर्जनका कार्यक्रम गर्न सकिन्छ जसलाई वडा कार्यालयले सहयोग गर्दछ ।

शेयर गरौ

ताजा अपडेट