सुत्केरी महिलालाई पोषण खाद्यसामग्री सहयोग गर्नेछु : वडा अध्यक्ष उमेद्वार मल्ल

चितवन २७ वैशाख । भरतपुर वडा नं. ११ का नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार कमल वहादुर मल्लले वडाका सुत्केरी महिलालाई आवश्यक पोषण सामग्री उपलव्ध गराउने बताउनु भएको छ ।
मंगलबार घरदैलोको अन्तिम दिन वडाको विभिन्न स्थानमा चुनावी प्रचारमा उहाले महिला र बालबालिको स्वास्थ्यको विषयमा आफूले विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले वडाको बजेटबाट आफूले सुत्केरी महिलालाई पोषण युक्त खाना, अन्य स्वास्थ्य सुविधामा ध्यान दिने बताउनुभयो ।
उहाले जन्म मृत्यु तथा सामाजिक सुरक्षा भत्ता जस्ता जनसरोकार कार्य कानुन संवत ढंगबाट घरघरमा सुविधा दिने बताउनुभयो । सानो कामको लागि वडा कार्यालयसम्म आउने वातावरण हटाउने आफ्नो योजना रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शेयर गरौ

ताजा अपडेट