इकोपार्कलाई महानगरकै नमुना पर्यटकीय स्थल बनाउने छु : कमल मल्ल

चितवन २७ वैशाख । भरतपुर वडा नं. ११ का नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार कमल वहादुर मल्लले वडामा रहेको इकोपार्क महानगरको प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताउनुभएको छ ।
भरतपुर नारायणगढ नजिक ठुलो पार्क नभएकाले आफ्नो वडामा रहेको इकोपार्कलाई नमुना पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ । नारायणगढ भरतपुरबाट नजिकै रहेको जंगल छेउको पार्कलाई व्यवस्थित पारेर आर्यआर्जको बाटो बनाउने बताउनुभयो । सामुदायिक वनसंग सहकार्य गरेर पार्कलाई सवैको आकर्षण बनाउने बताउनुभयो ।
सामाजिक संघसस्थालाई जनमुखी उत्तरदायी बनाउन आफ्नो पहल हुने बताउनुभयो । उहाले सवै राजनीतिक दलहरुसंग सहकार्य गरेर कामलाई व्यवस्थित पार्ने बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट