वडाको समस्या पहिचान गर्ने व्यक्ति त्यहीको स्थानीयवासी उमेदवार

चितवन २७ वैशाख । वडाको स्थायीवासी भएको उमेदवारले मात्रै जनताको समस्या पहिचान गर्ने स्थानीयले बताएका छन् ।
नेकपा एमालेको तर्फबाट भरतपुर १० का वडा अध्यक्षका उमेदवार भक्ती गौतम मंगलबार घरदैलोका क्रममा जादा स्थानीयले आफ्नै वडाका उमेदवारलाई साथ दिने बताएका छन् । स्थानीय लक्ष्मी गौतमले भन्नुभयो वडाको समग्र समस्या पहिचान गर्ने यहीको उमेदवार हुन्छन् त्यसैले उमेदवार छनौट गर्दा हामीले ध्यन दिन्छौ ।
उहा मात्र होइन अर्का स्थानीय शंकर सुवेदीले जहाँको उमेद्वार त्यहीको पहिचान हुने गर्दछ हामीले उमेदवार छनौट गर्दा स्थानीयलाई प्राथमिकता दिन्छौ । वडाको विकास निर्माणमा त्यही हुर्केका र वुझेका व्यक्तिलाई नै छनौट गर्ने उनीहरुको भनाइ छ । घरदैलोको अन्तिम दिन गौतम वडाको विभिन्न टोलमा पुगेर जनताको भवाना पहिचान गर्दै हिडेका थिए ।
स्थानीय तहको निर्वाचनको सुनौलो पक्ष भनेकै त्यहीको समस्या पहिचना गर्न सक्ने स्थानीय उमेदवार हुनु पर्ने अधिकारकर्मी संञ्जय चौधरीले बताउनुभयो । जनताको घरगाउको सरकार भनेकै स्थानीय तह हो उहाले भन्नुभयो त्यहीको समस्या वुझन टाढाको उमेदवार हुदैन । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैछ ।

 

शेयर गरौ

ताजा अपडेट