कालिका नगरमा एमालेको चुनावी जनप्रदर्शन

चितवन २७ वैशाख । नेकपा एमालेले कालिका नगरपालिकामा वृहत प्रदर्शन गरेको छ ।
नेकपा एमाले कालिका नगर कमिटीद्वारा मंगलबार पदमपुरमा प्रदर्शनपछि जनसभा सम्पन्न भएको छ । जनसभामा हजारौको सहभागिता रहेको थियो । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित जनसभामा २० हजार भन्दा बढी संख्यामा नगरवासीहरूको उपस्थिति रहेको नेकपा एमाले कालिका नगर कमिटीले जनाएको छ ।
जनसभा हुनुपूर्व सिद्धि, शक्तिखोर, जुटपानी, खोलेसिमल, पदमपुर, लंकालाइन क्षेत्रमा बृहत मोटरसाइकल ¥याली गरिएको थियो । मोटरसाइकल ¥यालीपछि पदमपुरको भिमोदय मा.वि. कोको चौरमा सभामा परिणत भएको थियो । सभामा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल), पोलिट व्युरो सदस्य देवी ज्ञवाली, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, कालिका नगरपालिकाका मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट