चितवन, २७ बैशाख ।
भरतपुर महानगरपालिकाकाे उप-मेयरका उमेदवार हिमला गुरुङले महिलाका मुद्दामा कुनैपनि प्रकारका सम्झाैता नहुने बताउनुभएको छ ।
असाहय, हिंसा तथा अन्यायमा परेका महिलाहरुकाे पक्षमा आफू सदैब दृढताका साथ उभिने बताउनुभयाे ।
भरतपुर महानगरपालिका वडा नम्बर-१२ का अगुवा महिलाहरुसंग आज भएको छलफलका क्रममा उपमेयर उमेदवार गुरुङले यस्तो प्रतिवद्धता ब्यक्त गर्नुभएको हाे ।
“अशक्त,असाहयलाई सम्पुर्णमा रुपमा संरक्षण महानगरबाट गरिनेछ । हिंसा, अन्यायमा परेका महिलाहरुकाे पक्षमा महानगर उभिनेछ । न्यायिक सेवा सम्पुर्ण रुपले निशुल्क उपलब्ध गराईनेछ ।”- गुरुङले भन्नुभयो ।
नेकपा (एमाले ) र राप्रपा बिचकाे तालमेल पछि गुरुङ उपमेयर पदमा राप्रपा बाट उमेदवार हुनुहुन्छ ।
मेयर उमेदवार बिजय सुवेदी बिकासकाे स्पष्ट भिजन भएको नेता भएको बताउदै उपमेयर उमेदवार गुरुङले समृद्ध महानगर बनाउन आफुहरु सदैब एकसाथ र एउटै लयमा अघि बढ्ने उल्लेख गर्नुभयो ।
अनमेसंघ वडा कमिटीले गरेकाे छलफलमा उपमेयर उमेदवार गुरुङ सहभागी हुनुभएको हाे ।
कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्ण नेपाली, एमाले जिल्ला कमिटी सदस्य एवम् वडा ईन्चार्ज शेषमणि नेपाल, अन्जु शर्मा दाहाल, वडाअध्यक्षका उमेदवार लेखराज पन्त हरि, वडा कमिटी अध्यक्ष तिलप्रसाद न्याैपाने, १२ नम्बर वडाका कावा अध्यक्ष बिमला भट्टराई, वडा कमिटी सचिव शाेभा पण्डित लगायतले बाेल्नुभएकाे थियाे ।
बक्ताहरुले वडामा एमाले-राप्रपा तालमेलका सबै उमेदवारहरुकाे जित निश्चित रहेको दावी गर्नुभयो ।
वडा नम्वर-१२ का मतदाताले मतपत्रमा मेयर, वडाअध्यक्ष र तिनजना सदस्यकालागि सूर्यमा साथै उपमेयर र एकजना सदस्यकालागि हलाे चिन्हमा मतदान गर्ने वडा ईन्चार्ज नेपालले जानकारी दिनुभयो ।
वडा स्तरीय महिला निर्वाचन परिचालन कमिटीका सहसंयाेजक पवित्रा पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रम गायत्री श्रेष्ठले सञ्चालन गर्नुभएको थियाे ।


