समृद्ध राप्ती र सुखी राप्तीबासीको लागि अथक प्रयत्न गर्नेछौँ- उप मेयरकी उम्मेदवार पाठक

 

बैशाख २७, राप्ती । राप्ती नगरपालिकाको उप मेयर पदकी उम्मेदवार मेनुका पाठकले समृद्ध राप्ती र सुखी राप्तीबासीको लागि अथक प्रयत्न गर्ने बताएकी छन् । आज राप्ती-४ स्थित शिवपुरी क्लबको खेलमैदानमा आयोजित बृहत् चुनावी जनसभा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

२०७४ को स्थानीय निर्वाचनमा आफू वडा अध्यक्षको उम्मेदवार हुँदाको घोषणा पत्रमा लेखिएका कामहरु पूरा गरेको उनले बताइन् । लालपुर्जा प्रदान गर्ने काम पनि आफ्नै कार्यकालमा गर्ने प्रयास गर्दा पनि अस्थिर राजनिती को कारण हुन नसकेको उनले बताइन् । “लालपुर्जा वितरण आफ्नै कार्यकालमा गर्न मन भएपनि सरकार परिवर्तन भएकोले भूमि आयोग खारेज भयो । लगत संकलनको सम्पूर्ण कार्य सम्पन्न भैसकेको छ । अब तपाईहरुको हातमा लालपुर्जा पर्न मात्र बाँकी हो ।” उनले भनिन् ।

आफू उप मेयरमा निर्वाचित भए समग्र महिला विकासका कार्यक्रमहरुलाई अगाडि बढाउनुका साथै अधुरो कामहरुलाई निरन्तरता दिने उनले बताइन् । पाठकले जनसभामा बोल्दै नगरको समग्र हितको लागि काम गर्ने प्रतिबद्धता पनि जाहेर गरिन् ।

शेयर गरौ

ताजा अपडेट