झ्यामझ्याम नाँच्न मिल्ने पंचेबाजा गीत बजारमा (भिडियो सहित)

चितवन, ९ फागुन :

अमेरिकाको जर्जिया राज्यमा बस्दै आएका अन्तराष्ट्रीय नेपाली साहित्य समाज जर्जीया च्याप्टरका अध्यक्ष किरण मानिकेले साबैलाइ झ्यामझ्याम नचाउने मौलिक पञ्चेबाजाको अती मिठो गीत र भिडियो सार्वजनिक गरेका छन् । नेपाली लोक गीत संगीतको खानी मानिने स्याङ्जामा जन्मिएका किरण मानिके बिगत लामो समय देखी अमेरिकाको एटलाण्टा शहरमा रहेर अमेरिकाको विभिन्न ठाँउहरुमा सांगीतिक एवं साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै आएका थिए ।

ल ल भन्दाभन्दै बषौ बिताकाले अबत आटम् भो भन्दै सबैलाई नचाउन पंचेबाजा गीत लिएर आएको बताउने किरण मानिकेलाई स्वरमा साथ दिईएकी छन् ।

चर्चित लोक दोहोरी गायिका मिना अधिकारीले। पञ्चेबाजामा गाईएको यो गीत “आँटम् भो माया” को शब्द गायक स्वयम किरण मानिकेले लेखेका हुन् भने संगीत र एरेन्ज राजेन्द्र सुबेदीले गरेका छन् ।
नेपाल को मारुनी स्टुडियो र अमेरिका एस् एम स्टुडियो मा भोकल रेकर्ड गरेर तयार पारीएको उक्त गीतको म्यूजिक भिडियोमा चर्चित कोरीयोग्राफर तथा नृत्य निर्देशक शंकर बिसी र कलाकार ऋचा थापाको उत्कृष्ट नृत्य अभिनय रहेको छ। अहिले अत्याधिक रुचाईएका कोरियोग्राफर नृत्य निर्देशक एकिन्द्र सारा शंकरको निर्देशनमा बनेको भिंडियो, राजेश घिमिरेले छायाकंन गरेका छन् भने विष्णु घिमिरेको सम्पादन रहेको छ ।

भिडियो :

ताजा अपडेट