इच्छाकामना गाउपालिकामा गीता गुरुङको चर्चा

 

चितवन, २७ वैशाख । पछिल्लो पाँच वर्षमा गरेको विकास निर्माण लगायतका कामको आधारले इच्छाकामना गाँउपालिकाका जनताले गीता कुमारी गुरुङेले प्रभाव पारेकी छिन् । उनको नेतृत्वले गरेको कामको बारेमा निर्वाचन केन्द्रीत प्रचार गरिएको छ ।

उनको नृतृत्वले भौगोलिक विकटताले असुविधा भोगेका जनताको लागी स्थानीय सरकार भएको महसुस गराउने कोसिस गरिन । जनताको काम गर्ने कसम खाएर निर्वाचित भएकी गुरुङेले गाउघरमा पुगेर काम गर्ने प्रयास गरिन ।

पहाडी भूभाग मात्रै भएको पालिकामा कठिनताका बाबुजत पनि परिवर्तन गर्ने प्रयास गरिन । प्रशस्त तरकारी खेती हुने तोलाङका स्थानीय किसान अहिले यातायातको पहुँचबाट बजार पाएका छन् । उनीहरु अहिले आयआर्जनमा लागेका छन् । गाउँको उत्पादन बजार लगेर उचित मुल्यमा विक्रि गर्न पाएका छन् । इच्छाकामना–२ का विकास गुरुङ गाउँमा भएको परिवर्तनले दंग छन् । ‘
गाउमा भएको विकासमा संघ सरकारबाट, माननीय कृष्णभक्त पोखरेल, प्रदेश सरकारबाट घनश्याम दाहाल, स्थानीय सरकारको बजेटलाई नेतृत्व गरेकी गिता गुरुङले परिचालन गरेकी थिइन ।, उनको समन्वयकारी भूमिका राम्रो लागेको स्थानीय विकास गुरुङले बताए ।

गीतालाई नेपाली काँग्रूेसले अध्यक्षमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रताप गुरुङ उमेदवार छन् ।
सरकारी गठवन्धनबाट उनीहरुले उमेदवारी दिएका छन् ।

शेयर गरौ

ताजा अपडेट