भ्रष्टचारमा सुन्य सहनशीलता अपनाउछु : मेयरका उम्मेदवार केसी

 

चितवन २७ वैशाख । चितवनको कालिका नगरपालिकाको मेयरका उम्मेदवार शिवराम केसीले आफु विजयी भए भ्रष्टचारमा सुन्य सहनशिलता अपनाउने प्रतिवद्धता जनाएका छन् ।

सत्ता गठबन्धनले कालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफु आर्थिक रुपमा लालायित नहुने र अरुलाई पनि हुन नदिने बताए । ुम प्रष्ट भएर छु । भ्रष्टचारमा शुन्य सहनशिलताको आधारमा अघि बढ्ने छु, उनले भने, ुम आफु पनि आर्थिक रुपमा लालायित हुने छैन र कसैलाई गर्न पनि दिने छैन ।ु

यस्तै उनले गठबन्धन विजयी भए कालिकाका सबै सुकुमबासीले लालपूर्जा पाउने प्रतिवद्धता पनि जनाए । लालपूर्जाको नाममा सधैं राजनीति हुँदै आएको भन्दै अब सुकुमबासीको नाममा हुने राजनीति अन्त्य हुने उनको भनाइ थियो ।

ुयो भूमिहिनको नाममा सधैं भरी राजनीति । अब मलाई भोट हाल्नु तपाईलाई म लालपूर्जा दिन्छु भनेर वर्षौदेखि सुन्दै आएक्को कुरा हो । मैले ०७४ मा पनि सुनेको थिए । अब यो मुद्धा लिएर कालिकामा कसैले राजनीति गर्न पाउनेछैन । लालपूर्जा सबैको हातमा परिसक्नेछु, उनले भने ।

शेयर गरौ

ताजा अपडेट