‘एक विद्यालय, एक नर्स’ कार्यक्रम खोई ?

चितवन, २७ वैशाख । एक विद्यालय एक नर्स कार्यक्रम भरतपुर महानगरले चलाएको छैन । एक विद्यालय एक नर्स आवश्यक छ । भरतपुर महानगरमा हालसम्म जम्मा ७ वटा विद्यालयमा मात्र नर्स छन् । भरतपुर महानगरपालिकाले आफ्नै स्रोतबाट विद्यालय नर्स राखेको छैन । बागमती प्रदेश सरकारको बजेटबाट भरतपुर महानगरका ७ वटा विद्यालयमा नर्स कार्यक्रम चलिरहेको छ ।
भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका अधिकृत दीपक सिग्देलले भरतपुर महानगरमा प्रदेश सरकारको नर्स कार्यक्रम चलेको तर भरतपुर महानगरले आफ्नै स्रोतबाट विद्यालय नर्स कार्यक्रम नचलाएको बताए । उनले भने, ‘प्रदेश सरकारले चलाएको नर्स कार्यक्रमअन्तर्गत ७ वटा विद्यालयमा मात्र नर्स छन्, अन्य विद्यालयमा छैनन् ।’ एक विद्यालय एक नर्स भएको खण्डमा धेरै राम्रो हुने उनको धारणा छ ।
बागमती प्रदेश सरकारले भरतपुर महानगरको नारायणी नमुना मावि, आदिकवि भानुभक्त मावि, दुर्गा शेषकान्त मावि, लक्ष्मी मावि, शारदा मावि, नारायणी विद्या मन्दिर र प्रभात माविमा नर्स दिएको छ ।

शेयर गरौ

ताजा अपडेट