चितवन २७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगरपालिका वडा नं. १० का वडा सदस्यका उमेदवार गणेशप्रसाद पौडेलले आफ्नो नाम फिर्ता लिएर नेकपा एमालेका उमेदवारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आफ्नो पार्टीको भन्दा वडामा नेकपा एमालेको जनाधार वलियो भएकाले आफूले उमेदवारी फिर्ता लिएर एमालेका उमेदवारलाई सहयोग गर्ने बताउनुभयो । आज विहान वडा सदस्यका उमेदवार पौडेल र एमालेका वडाका नेताहरु बीच भएको छलफलमा उहाले नाम फिर्ता लिनु भएको हो । आउदा दिनमा पौडेललाई अवसर प्रदान गर्ने प्रतिवद्धता गरिएको छ ।
छलफलमा नेकपा एमाले भरतपुर १० का इन्चार्ज विष्णु अधिकारी, महानगर कमिटी सदस्य मिनराज गौतम एमाले वडा अध्यक्ष नहेन्द्र खड्का, सचिव वद्रीप्रसाद खनाललगायतको सहभागिता रहेको थियो ।
पौडेलको उमेदवारी फिर्ताले एमालेका सदस्य पदमा उमेदवार ददिराम देवकोटालाई सहयोग मिल्नेछ । चुनावी तालमेलमा भरतपुर महानगरको मेयरमा वियज सुवेदी, उपमेयरमा हिमला गुरुङ उमदेवार हुनुहुन्छ । भरतपुर महानगरपालिकामा एमाले र राप्रपा बिच चुनावी तालमेल भएपनि पौडेलले उमेदवारी हाल्नु भएको थियो ।