भरतपुर महानगरकै विकासको नमुना वडा बनाउने छु : भक्ति गौतम

चितवन २७ वैशाख । भरतपुर महानगरपालिका वडा नं. १० का नेकपा एमालेका वडा अध्यक्षका उमेदवार भक्ति गौतमले आफ्नो वडालाई महानरपालिका भरीकै उत्कृष्ट नमुना विकास गर्ने बताउनु भएको छ ।
चुनावी प्रचारका क्रममा उहाले महानगरकै केन्द्र स्थानमा रहेको यो वडामा भएको विकासको मोडल अन्य वडाले सिक्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ‘मैले नगरपालिकाको राजनीतिक संयन्त्रमा भएर काम गरेको अनुभव संगालेर राखेको छु कसरी विकास गनुृ पर्दछ भन्ने सिकेको छु ’ गौतमले भन्नुभयो । यहाँ ढलको निकास, सडक वत्ती, फोहोरको व्यवस्थापन, हरियाली वडा, प्रशासनिक कामको चुस्तता, सेवाग्राहीलाई विना झन्झट काम, डिजिटल सूचना सामग्री, कार्यालयको गेटदेखिनै सेवाग्राहीलाई कामको जानकारी गराउनेलगायतका सेवा दिन तयार हुने जानकारी दिनुभयो ।
वडावासीले गुनासो गर्ने वातावरण हुन नदिने प्रतिवद्धता गर्नु भएका गौतम पुराना राजनीतिज्ञ व्यक्ति हुन् । जनताको सेवकको रुपमा काम गर्नको लागि तयार भएको छु वडावासीले मेरो नेतृत्व खोजिराख्नु भएको छ उहाले भन्नुभयो ।

शेयर गरौ

ताजा अपडेट