देउवाको चेतावनी : बागी उम्मेदवारका कारण पार्टी पराजित भए कसैलाई छुट हुँदैन

धनगढी २६ वैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने चेतावनी दिएका छन् । धनगढीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताएका हुन् ।

 

चुनावमा उठेका पार्टीका बागी उम्मेदवारलाई आ(आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे । प्रधानमन्त्री देउवाले वर्तमान संविधानले जथाभावी रुपमा संसद् विघटन गर्ने प्रावधान प्रधानमन्त्रीलाई नदिएको भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिना कारण संसद् विघटन गर्दा आफूसहित नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तत्कालीन नेता माधव नेपालले विरोध गरेको बताए ।

उनले भने ‘संसद् भङ्ग गर्ने एमालेले संसद् पुनः स्थापित हुँदा पनि चल्न दिएको छैन, चुनाव जितेमा ओलीजीले फेरि त्यही काम गर्ने हुन्, त्यसैले आगामी सबै निर्वाचनहरू गठबन्धनले नै जित्नु पर्छ ।’ देउवाले सुदूरपश्चिम प्रदेश आफ्ना लागि अत्यन्त महत्वपूणर् रहेको बताउँदै सुदूरपश्चिमकै कारण आफू देशको प्रधानमन्त्री भएको बताए ।

देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफूले सक्दो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुटिया(दिपायल(बझाङसम्मको सडक, कणरली नदी किनारै किनार हुँदै अछाम जोड्ने सडक, निर्माणका लागि पहल गर्ने बताए । प्रधानमन्त्री देउवाले विकासका लागि सुदूरपश्चिम प्रदेशलाई पहिलो प्राथमिकता दिएर आफूले काम गर्ने समेत बताए । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरूले देशलाई दुर्घटना हुनबाट जोगाएको बताउँदै यही गठबन्धनमार्फत मुलुकमा स्थायित्व कायम राख्दै नयाँ युगको सुरुआत गरिने बताए ।

उनले अहिलेको गठबन्धन दलका शीर्ष नेताहरूबिच विवाद र असमझदारी सिर्जना गरेर गठबन्धनलाई विभाजित गर्ने षडयन्त्र गर्ने तत्व सक्रिय रहेकोले सचेत हुनुपर्ने बताए । अध्यक्ष प्रचण्डले ठूलो त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि र जनताका अधिकारको रक्षाका लागि गठबन्धन बनेको बताउँदै आउने चुनावमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष प्रमेश हमालले नेकपा एमाले सर्वसत्तावादी चिन्तन बोकेर अगाडि बढ्दा देशमा समस्या आएको आरोप लगाए । सभामा नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री फरमुल्लाह मन्सुर, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा आराजु राणा देउवा, धनगढी उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्य दीर्घ सोडारीलगायतका वक्ताले गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरे । उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी नृपबहादुर वडलाई समर्थन गरेका प्रमुखका स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टलाई कांग्रेस सभापति देउवाले स्वागत गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट