कालिकामा गठबन्धनका उम्मेदवार प्रतिबद्धता : उत्पादन र आय आर्जन बढाउने कार्यक्रम ल्याउछौं

कालिका २६ वैशाख । कालिका नगरपालिकामा सत्ता गठबन्धनले चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धनले चुनावी कार्यक्रमलाई तीव्र बनाएको हो ।
चुनावी कार्यक्रम अन्तर्गत आज (सोमबार) बिहान कालिका २ मा मोटरसाइकल ¥याली निकालिएको थियो । कालिका २ स्थित गठबन्धनको सम्पर्क कार्यालयबाट सुरु भएको ¥याली लाहुरेचोक हुँदै लामा चोकमा गएर कोण सभामा परिणत भएको थियो । ¥यालीमा सयौंको संख्यामा गठबन्धनका कार्यकर्ताहरु तथा समर्थक सहभागी थिए ।

कोणसभालाई गठबन्धनबाट कालिकाको मेयरका उम्मेदवार शिवराम केसी, उपमेयरका उम्मेदवार सबिता लामा, वडा २ का वडाध्यक्षका उम्मेदवार जनार्दनप्रसाद दाहाललगायतले सम्बोधन गरेका थिए ।
कोण सभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार केसीले आफूले निर्वाचन जितेमा स्थानीय स्तरमा उत्पादन र आय आर्जन लाई जोडेर कार्यक्रम ल्याईने बताए । उनले वडावासीहरुलार्य आयआर्जन बढाउन र आत्मनिर्भर बनाउन किसिमका सिपमुलक कार्यक्रम सञ्चालन गर्ने प्रविद्धता व्यक्त गरे । उनले नगरपालिका भित्र रहेका भूमिहिन सुकुम्बासीहरुको लालपूर्जाको समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाए ।
उपमेयरकी उम्मेदवार लामाले कालिकामा स्वास्थ्य तथा शिक्षाको पहुँच सहज बनाउने बताईन् । उनले आफू जनयूद्धमा यही क्षेत्रमा लडेको भन्दै यहाँका जनताले आफ्नो गाँस काटेर खुवाएको गुन तिर्ने बताईन् । नगर भित्रका जनतालाई आत्मनिर्भर बनाउन बिभिन्न किसिमका कार्यक्रम ल्याउने उनको भनाइ थियो ।

शेयर गरौ

ताजा अपडेट