सातै पालिका एमालेका उमेदवारले जित्नेछन् : सभापति पोखरेल

चितवन २५ वैशाख । नेकपा एमालेका नेता तथा संघीय सांसद कृष्णभक्त पोख्रेलले चितवनको सातै पालिकामा नेकपा एमालेको उिमेदवार विजय उन्मुख भएको बताउनु भएको छ ।

नारायणगढको क्याम्पाचौरमा भएको नेकपा एमालेको चुनावी सभामा सांसद पोख्रेलले चितवनका सातै पालिकामा नेकपा एमालेका उमेदवारले जित्ने दावी गर्नुभयो। नेता पोख्रेलले पहिलापनि नेकपा एमालेका उमेदवारले जितेका हुन्, यसपटकको चुनावमा पनि एमालेका उमेदवारले जित्नेछन् भन्नसभयाृ। उहाले केपी ओली सरकारले पठाएको बजेटले भरतपुर महानगरको विकास भएको छ , तर यहाँका पूर्व मेयरले सवै बजेट आफूले ल्याएको भ्रमको खेती गर्दै हिडेको बताउनुभयो ।
केपी ओलीले पठाउनु भएको बजेटमा आफ्नो स्वामीत्व ग्रहण गर्दै हिड्न लाज लाग्नु पर्ने उहाँको भनाइ थियो । सिटीहल, नारायणगढ गोद्राङ सडक, वाइसपास सडकको बजेट संघ सरकारले विनियोजन गरेकोमा गलत प्रचार गर्दै पूर्व मेयर हिडेको भन्दै लाजसरम मान्न अनुरोध गर्नुभयो ।

शेयर गरौ

ताजा अपडेट