माओवादी केन्द्र पतनको बाटो तर्फ : उपाध्यक्ष वादल

चितवन, २५ वैशाख । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको बाटो तर्फ लागेको आरोप लगाउनु भएको छ ।
चितवन एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट पदच्युत भएको बताउनुभयो । उहाले भन्नुभयो अव माओवादीसंग सिद्धान्त छैन नीत छैन काँग्रेसको पुच्छर भएर हिडेको छ । माओवादी कार्याकर्ताहरुलाई म आग्रह गर्दछु तपाइहरु अव भ्रममा नपर्नुहोस सहि बाटो एमाले हो यता आउनुहोस ।
माओवादीहरु सर्वहारा वर्गको उत्थानको लागि होइन पुजीपती दलालहरुको पृष्ठपोषण गर्ने अभियानमा छ । मजदुरको कुरा उसले उठाउदैन धन कमाउने र धनीहरुको मात्र सपोट गर्दछ उहाले भन्नुभयो ।
कार्यक्रममा उहाले नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको आरोप लगाउदै उहाले शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट